मुगुमा देउसी–भैलोको रौनक व्यापक

मुगु । हिन्दु नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अवसरमा मुगुमा देउसी–भैलोको रौनक छाएको छ। जिल्लाको सदरमुकाम गमगढी बजारदेखि ग्रामीण गाउँबस्तीमा समेत देउसी–भैलो खेल्नेहरूको चहलपहल बढेको छ।
परम्परागत दमाहा, मादललगायतका बाजागाजाको तालमा स्थानीयवासी समूह बनाएर देउसी–भैलो खेल्न घरघरमा पुग्ने गरेका छन्। दमाहा तालसहित परम्परागत बाजागाजामा सहभागी युवायुवती तथा बालबालिकाको नाचगानले गाउँबस्तीमा तिहारको उत्सवमय वातावरण सिर्जना गरेको छ।
दमाहा तालसहित परम्परागत बाजागाजाको उपस्थितिले देउसी–भैलोमा मौलिक संस्कृति संरक्षणको झल्को दिएको छ। आधुनिक मनोरञ्जनका माध्यम विस्तार भइरहेका बेला स्थानीय बाजागाजा र परम्परागत शैलीमा देउसी–भैलो खेलिनुले मुगुको सांस्कृतिक पहिचानलाई जीवन्त राख्न सहयोग गरेको छ।









प्रतिक्रिया राख्नुहोस्