तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक सेवा प्रसारण नेपाल (पीएसबी नेपाल) को दोस्रो वार्षिकोत्सव मनाइँदै

पिएसबी नेपाललाई थप प्रभावकारी, प्रतिस्पर्धी र विश्वसनीय बनाउँदै लैजानुपर्ने प्रतिबद्धता व्यक्त

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण नेपाल आजदेखि स्थापनाको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ ।

सार्वजनिक सेवा प्रसारण नेपालले आज आफ्नो दोस्रो वार्षिकोत्सव मनाइरहेको छ ।

यसै उपलक्ष्यमा आज सार्वजनिक सेवा प्रसारण नेपालको केन्द्रिय कार्यालय सिंहदरबारमा एक कार्यक्रमको आयोजना गरी पिएसबी नेपाललाई थप प्रभावकारी, प्रतिस्पर्धी र विश्वसनीय बनाउँदै लैजानुपर्ने प्रतिबद्धता व्यक्त गरियो ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यवाहक अध्यक्ष उर्वसी बस्न्यातले रेडियो नेपाल र नेपाल टेलिभिजनले उत्पादन गर्ने सामग्रीहरु नागरिक केन्द्रित हुनुका सार्थै थप प्रभावकारी, प्रतिस्पर्धी र विश्वसनीय बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

कार्यवाहक अध्यक्ष बस्न्यातले रेडियो नेपाल र नेपाल टेलिभिजनले स्थापनाकालदेखि नै नेपाली समाजलाई सुसूचित गर्न, राष्ट्रिय संस्कृति, भाषा र पहिचानको संरक्षण तथा प्रवद्र्धन र लोकतान्त्रिक मूल्य–मान्यताको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका बताउनुभयो । 

उहाँले, सार्वजनिक सेवा प्रसारण नेपालको पूर्ण संस्थागत संरचनाको विकास तथा प्रसारण सेवालाई थप पहुँचयोग्य, जनउत्तरदायी तथा प्रभावकारी बनाउन क्षमता अभिवृद्धि गर्नु आवश्यक रहेकोले व्यवस्थापन लागिपरेको बताउनुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालका सञ्चालक समिति सदस्य शोबिता रिसालले सूचना प्रविधिको तीव्र विकास र बदलिँदो सञ्चार परिवेशसँगै सार्वजनिक सेवा प्रसारणलाई थप प्रभावकारी, प्रतिस्पर्धी र विश्वसनीय बनाउँदै लैजानु पीएसबी नेपालका लागि चुनौती र अवसर दुवै भएको बताउनुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले नेपालको इतिहास र महत्वपूर्ण परिवर्तनहरूको साक्षी तथा गौरवशाली इतिहास बोकेको रेडियो नेपाल र नेपाल टेलिभिजनका अहिलेसम्मका उपलब्धिलाई संस्थागत गर्दै चुनौतीलाई अवसरमा बदलेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

उहाँले प्रसारण सेवालाई थप पहुँचयोग्य, नागरिकको आवश्यकता तथा अपेक्षाप्रति संवेदनशील बनेर प्रसारणको गुणस्तरीयता कायम गर्नुको विकल्प नरहेको भन्दै केही नीतिगत चुनौती र जनशक्ति व्यवस्थापनको समस्या समाधान गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सार्वजनिक सेवा प्रसारण नेपालका नायब महाप्रबन्धक राजकुमार थापालेले पिएसबी नेपालले आफ्नो विश्वसनीयता कायम गर्दे थप प्रभावकारी रुपमा अगाडी बढ्नुपर्ने बताउनुभयो ।

२०८१ साल असोज २२ गते राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारणसम्बन्धी ऐन प्रमाणीकरण गर्नुभएपछि सोही वर्ष कात्तिक २३ गतेदेखि ऐन कार्यान्वयनमा आएको हो । 

ऐनअनुसार रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी सार्वजनिक सेवा प्रसारण नेपाल स्थापना गरिएको हो ।

सार्वजनिक सेवा प्रसारणको अवधारणालाई संस्थागत गर्दै नागरिकलाई विश्वसनीय, निष्पक्ष र समावेशी सूचना, शिक्षा तथा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले संस्थाको स्थापना गरिएको हो ।

सूचना प्रविधिको तीव्र विकास र बदलिँदो सञ्चार परिवेशसँगै सार्वजनिक सेवा प्रसारणलाई थप प्रभावकारी, प्रतिस्पर्धी र विश्वसनीय बनाउँदै लैजानु पीएसबी नेपालका लागि चुनौती र अवसर दुवै रहेको सरोकारवालाहरूले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button