झापामा पानीमा डुबेर बालकको मृत्यु
भद्रपुर, झापा । पानीमा डुबेर झापाको शिवसताक्षीमा तीन वर्षीय बालकको मृत्यु भएको छ ।
शिवसताक्षी नगरपालिका–८ का मिलन बिष्टका तीन वर्षीय छोराको शुक्रवार दिउँसो घर नजिकैको कुलोको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो ।








प्रतिक्रिया राख्नुहोस्