तपाईँ सुन्दै हुनुहुन्छः

एनपिएल ३: आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै

चितवन। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौँ गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेल दिउँसो साढे १२ः३० र दोस्रो खेल साँझ ५ः०० बजे हुनेछ । चितवन राइनोज प्रतियोगितामा अहिलेसम्म अपराजित छ । पहिलो खेलमा जित हात पारेको चितवनको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि अङ्क बाँड्नु परेको थियो । सुदूरपश्चिमले हालसम्म खेलेका तीन खेलमध्ये एक खेलमा जित र दुई खेलमा हार व्यहोरेको छ ।


चितवन राइनोज क्रिकेट क्लबका समर्थकहरु खेल चितवनबाट काठमाडौँतर्फ लागेका छन् । आज साँझ हुने खेल हेर्न राइनोजले समर्थक काठमाडौँ लगेको हो ।

चितवन राइनोजका निर्देशक प्रताप देवकोटाका अनुसार खेलको टिकट लिएका चितवनका समर्थकहरुलाई क्लबको खेल हुने दिन निःशुल्क बस सेवा सञ्चालन गरिएको छ । उहाँले भन्नुभयो, “खेलको टिकट लिएका चितवनका समर्थकहरुलाई चितवनदेखि काठमाडौँसम्म र खेल हेरिसकेपछि पुनः चितवन ल्याउने व्यवस्था गरेका छौँ ।”

उहाँले भन्नुभयो, “प्रिटिकट लिएर आउने समर्थकमध्ये ‘फस्ट कम फस्ट’ का आधारमा बस सेवा दिइएका छौँ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button