तपाईँ सुन्दै हुनुहुन्छः

गमगढी–नाक्चेलाग्ना सडक: माग्री भिरको कठिन चट्टान छिचोलिएसँगै करान क्षेत्रमा सडक पुग्ने आशा बढ्यो

मुगु । गमगढी–नाक्चेलाग्ना सडकअन्तर्गत मुगुम कार्मारोङ गाउँपालिकाको माग्री भिरमा रहेको करिब ३०० मिटर लामो कडा चट्टान छिचोलिएको छ। यो कठिन काम पूरा भएपछि करान क्षेत्रका बासिन्दाको वर्षौँको सडक पहुँचको सपना साकार हुने आशा बढेको छ।

सडक निर्माणका लागि अति नै चुनौतीपूर्ण मानिएको उक्त चट्टानी अवरोध हटाएसँगै अब त्यसको माथिल्लो क्षेत्रस्थित गाउँपालिकाको केन्द्र पुलुसम्मै सडक पुर्‍याउने लक्ष्यसहित तीव्र गतिमा काम अघि बढाइएको स्थानीयले बताएका छन्। यो सामरिक महत्त्वको सडक निर्माणका लागि हाल १५ करोड रुपैयाँको ठेक्का सम्झौतामार्फत काम भइरहेको छ।

गमगढी–नाक्चेलाग्ना सडकलाई मुगुको उत्तरी क्षेत्रका बासिन्दाको सहज आवागमन, स्थानीय कृषि तथा अन्य उत्पादनको बजारीकरण तथा उत्तरी सीमावर्ती क्षेत्रसँगको व्यापारिक एवं सांस्कृतिक सम्पर्क विस्तारका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ। माग्री भिरको कडा चट्टान छिचोलिएसँगै अब निर्माण कार्यले थप गति लिने र निर्धारित लक्ष्यभित्रै पुलुसम्म सडक पुग्ने दृढ अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button