तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस संसदीय दलको बैठक सुरु, समसामयिक राजनीतिक विषयमा छलफल हुँदै

काठमाडौँ।नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषय, पछिल्लो समय पत्रकार पक्राउ तथा सञ्चारमाध्यममाथि प्रहरी परिचालन गरिएका घटनालगायत विषयमा छलफल हुने प्रमुख सचेतक बासना थापाले जानकारी दिनुभयो ।

यस्तै, संसदीय दल र पार्टीबीचको सम्बन्धका विषयमा पनि बैठकमा छलफल हुने उहाँले बताउनुभयो ।

यसअघि हिजो आइतबार कांग्रेस सभापति गगनकुमार थापाले सरकारका विषयमा पार्टीको धारणा सार्वजनिक गर्नुभएको थियो ।

नेपाली कांग्रेसले आजै दिउँसो अन्य प्रतिपक्षी दलहरूसँग पनि बैठक बोलाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button