बडादसैँको सातौँ दिन अर्थात् महासप्तमीको अवसरमा धनकुटामा गरियो फूलपाती बढाइँ

धनकुटा । आज बडादसैँको सातौँ दिन अर्थात् महासप्तमीको अवसरमा धनकुटाको प्रसिद्ध धार्मिक स्थलका रूपमा चिनिने निशान भगवती मन्दिरमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी फूलपाती बढाई गरिएको छ।
मन्दिर परिसरबाट डोलीमा निशानलाई बोकेर बजार परिक्रमा गरी धनकुटाको तल्लो टुँडिखेलमा पुर्याई विधिवत् रूपमा पूजाआजा गरी फूलपाती बढाइँ गरिएको हो।

धनकुटा नगरपालिका–६, स्थित विचबरमा रहेको निशान भगवती मन्दिरमा वि.स. १८३१ सालदेखि फूलपाती बढाई गरिँदै आएको छ । मन्दिरबाट डोलिमा निशान बोकेर बजारका विभिन्न भाग परिक्रमा गरिएको थियो। मन्दिर भित्रबाट निशान निकाली निशान सलामी गरी त्यसपश्चात् डोलिमा बोकेर निकालिएको निशान भिमशेनथान, भिमनारायण चोक, माथिल्लो कोप्चे, तल्लो केप्चेहुँदै तल्लो टुँडिखेलमा ल्याएर विधिवत् रूपमा पूजाआरधना गरी समापन गरिएको थियो। फूलपाती बढाइँमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टुकडीले सलामी समेत दिइएको थियो।

यस्तै फूलपाती बढाइँ पूजाआजा सकेर पुनः धनकुटा बजार परिक्रमा गरी निशान भगवती मन्दिरमा लगेर भित्र्याइएको थियो। करिब एक शताब्दी अघिदेखी धनकुटामा यसरी नै फूलपाती बढाई गरिँदै आएको र झाकिसहित निशान देवीमा अशोक, केरा जयन्ती, हलेदो वेलपत्र, धान, सामा, दारीम र माने लगायतका विभिन्न नौ पकारका वनस्पतिका साथ डोलिमा राखेर विशेष पुजा गर्ने चरल रहेको निशान भगवती मन्दिर व्यवस्थापन समितिका सचिव जनार्दन घिमिरे गोठालेले बताउनुभयो।
फूलपाती बढाइँमा जिल्लाका तिन वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि र स्थानीयलगायतको बाक्लो उपस्थिति रहेको थियो। यस्तै फूलपाती बढाइँ हेर्न गाउँ गाउँ देखि दर्शनार्थीहरुको बाक्लो भिड लागेको थियो। झाँकीसहितको निशानदेवी तथा विभिन्न नौ प्रकारका वनस्पतिका साथ डोलीमा राखेर विशेष पूजा गर्ने प्रचलन रहेको छ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्भागवत र अन्य देवी स्तोत्रको पाठ पारायण पनि गरिन्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ। यसअघि घटस्थापनाको दिन विधिपूर्वक धान, जौ, मकैको जमरा राखिएको जमरा दसैँको टीकाको दिन उक्त जमरा देवीको प्रसादको रूपमा समेत वितरण ग्रहण गरिन्छ।








प्रतिक्रिया राख्नुहोस्