तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप २३ जना कोरोना संक्रमित डिष्चार्ज

नेपालगन्ज । बाँकेमा आज थप २३ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् ।

राप्तीसोनारी गाउँपालिका ७ स्थित नेरा मावि आइसोलेसनबाट राप्तीसोनारी ७ का एक महिलासहित ११ जना, कोहलपुर नगरपालिकास्थित पिपरी आइसोलेसन केन्द्रबाट कोहलपुरका ४ र खजुराका २ पुरुष तथा नेपालगन्जस्थित लायन्स डेन्टल आइसोलेसन केन्द्रबाट खजुरा र नेपालगन्जका ३र३ जना पुरुष निको भई डिष्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

यो संगै बाँकेमा कोरोना निको भई डिष्चार्ज हुनेको संख्या २ सय ९२ पुगेको छ । बाँकेमा हालसम्म ३ सय ५० जनामा संक्रमण हुँदा २ जनाको भने मृत्युु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button