तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हब बनाइन्छ : मुख्यमन्त्री थापा

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले जिल्लालाई शिक्षा, स्वास्थ्य र पर्यटनको हब बनाउने आफ्नो पहिलो दायित्व हुने बताउनुभएको छ । 

आज भक्तपुरको बागमती क्लबले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री थापाले भन्नुभयो, “भक्तपुरवासीलाई कुनै पनि रोगको उपचार गर्न काठमाडौँ वा धुलिखेल जानु नपरोस् भनेर लागेको छु, यसको लागि भक्तपुर, ख्वप, सूर्यविनायक नगर, नेपाल कोरियामैत्री नगर अस्पताल, क्यान्सर अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्र, क्षयरोग अस्पताल, निजी अस्पताल लगायत भक्तपुरमा सञ्चालित सबै सरकारी तथा निजी अस्पतालसँग दुई तीन महिनामै समन्वय गरेर प्रत्येक अस्पतालमा एक–एक वटा विशेषज्ञ सेवा सञ्चालन गर्ने जानकारी दिनुभयो । 

उहाँले भक्तपुरमा सबै तहको पढाइ हुन्छ भन्ने बोध गराउनु मेरो कर्तव्य हुनेछ, भन्नुभएको छ । मुख्यमन्त्री थापाले “भक्तपुरमा टुरिस्ट गाइड तालिम दिएर रोजगारी वृद्धि गर्ने, भक्तपुर, चाँगुनारायण, नगरकोट, रानीकोट, सूर्यविनायक, मध्यपुरथिमि सबै क्षेत्रमा पर्यटनको विकास गर्दै पर्यटकको हब बनाउन म लागिरहेको छु”, भन्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button