नेकपा स्थायी समिति बैठकः आगामी बैठकका लागि एजेन्डा तय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठकले आगामी स्थायी कमिटि बैठकका लागि एजेण्डा तय गरेको छ ।
प्रधानमन्त्री कार्यलय बालुवाटारमा आज बसेको बैठकले सरकारको कामको समिक्षा, कोभिड १९ लगायत सिमा सुरक्षा र पार्टी एकताका वाँकी कामका विषयलाई छलफलको एजेण्डा बनाउने तय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका एजेण्डामा आ–आफ्नो धारणा राख्नुभएको थियो ।
बैठकले स्थायी कमिटि बैठक आगामी असार १२ गते बस्ने तय समेत गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्