तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा थप ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि

अत्तरिया कैलाली । कैलालीमा आज थप ५७ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा लम्की चुहा नगरपालिकामा २५ जना र गोदावरी नगरपालिकामा ३२ जनामा सङ्क्रमण देखिएको हो ।

योसँगै कैलालीमा मात्रै सङ्क्रमितको सङ्ख्या चार सय ६० पुगेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

कैलालीमा आज फेला परेका ५७ जना मध्ये १० जना महिला र ४७ जना पुरुष रहेको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार लम्की चुहामा छ जना महिला र १९ जना पुरुष तथा गोदावरी नगरपालिकामा चार जना महिला र २८ जना पुरुषमा सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button