मुलुकको प्रसारण क्षेत्रमा रेडियो नेपालको भूमिका महत्वपूर्ण : सञ्चार मन्त्री डा. तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको निरीक्षण भ्रमण गर्नुभएको छ ।

निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले रेडियो नेपालको प्रमुख प्रसारण स्टुडियोका साथै सङ्गीत, नाट्य र समाचार स्टुडियोमा पुगी रेडियो नेपालबाट प्रसारण हुने समाचार तथा कार्यक्रम र प्रविधिबारे जानकारी लिनुभयो ।
निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले मुलुकको प्रसारण इतिहासमा महत्वपूर्ण योगदान दिएको संस्था रेडियो नेपालले अबका दिनहरूमा अरू सञ्चार माध्यमसँग प्रतिस्पर्धा गरी नागरिकलाई सुसूचित गराउनुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा मन्त्री तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारणलाई सही दिशामा अगाडि बढाउन सबैभन्दा पहिला पहुँचबाहिर रहेका नागरिकमा सही सूचना पुर्याउन अग्रसर हुनुपर्ने बताउनुभयो
रेडियो नेपालमा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यवाहक अध्यक्ष उर्वशी बस्न्यात, सञ्चालक समिति सदस्य सोबिता रिसाल, कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौत र रेडियो नेपालका पदाधिकारीहरूले स्वागत गर्नुभएको थियो ।


































प्रतिक्रिया राख्नुहोस्