तपाईँ सुन्दै हुनुहुन्छः

टुर्नामेन्ट डाईरेक्टर मर्हजनद्वारा स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं । इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) का टुर्नामेन्ट डाईरेक्टर दिवाकार मर्हजनले खेलकुद पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको छ ।

कोरोना भाईरस (कोभिड–१९) महामारीका बीच कार्यक्षेत्रमा खटिने खेलकुद पत्रकारका लागि महर्जनले केएन–९५ मास्क र सेनिटाईजर सहयोग गर्नुभएको हो ।

मर्हजनका तर्फबाट (आईओएफटीसी) को हेल्पडेक्स नेपाल संयोजक रामचन्द्र व्यञ्जनकारले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का अध्यक्ष दुर्गा नाथ सुवेदी (देवेन्द्र) लाई सोमबार सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button