पाल्पामा जीप दुर्घटना हुँदा ६ जना घाइते

पाल्पा । पाल्पाको तानसेन नगरपालिका–८ भालेबासमा फोर्स जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
आज दिउँसो करिब ३ः३० बजे बुटवलबाट तानसेनतर्फ आउँदै गरेको भे१ज ९७६ नम्बरको फोर्स गाडी सिद्धार्थ राजमार्गअन्तर्गत भालेबासमा अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा गाडी चालक पूर्वखोला गाउँपालिका–१ का २९ वर्षीय नरबहादुर राना, पूर्वखोला–१ कै ५० वर्षीय कृष्णबहादुर राजमगर, पूर्वखोला–४ घर भई हाल तानसेन–४ भगवतीटोल बस्ने २८ वर्षीया मनकुमारी सारु र उहाँकी ७ वर्षीया छोरी साहिरस सारु घाइते भएका छन् ।
यस्तै, पूर्वखोला गाउँपालिका–४ की ६३ वर्षीया अनसरा खाम्चा र उहाँकी ५ वर्षीया नातिनी सायरा खाम्चा घाइते भएका छन् । घाइते मध्ये अनसरा खाम्चाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइते सबैलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भिमलाल भट्टराईले जानकारी दिनुभयो ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्