तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ३९ अङ्कले बढेर दुई हजार ६३८ दशमलव ९५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ८६ अङ्कले बढेर ४८२ दशमलव ३९ मा पुगेको छ । 

त्यस्तै फ्लोट सूचक एक दशमलव २५ अङ्कले बढेर १८३ दशमलव ८९ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ५३ अङ्कले बढेर १६३ दशमलव ९५ मा पुगेको छ । 

आज विभिन्न कम्पनीका एक करोड ४६  लाख ७० हजार १७७ कित्ता सेयर रु पाँच अर्ब ५५ करोड ३० लाख १९ हजार २४९ मूल्यमा खरिद बिक्री भएको छ । तेह्र उपसमूहमध्ये ११ उपसमूह बढ्यो भने दुई उपसमूह घट्यो । आज १६५ कम्पनीको सेयर बढ्यो भने १११ कम्पनीको सेयर घट्यो । त्यसैगरी तीन कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार एभरेष्ट कलर, माउन्टेन हाइड्रोपावर र सिटि होटेललगायतका कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी मानुषी लघुवित्त,मेन्छियाम हाइड्रोपावर, ओममेगा श्रीलगायतका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button