तपाईँ सुन्दै हुनुहुन्छः

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ लिँदै

जनकपुरधाम। मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री यादवले आज बिहान १० बजे शपथ लिनुहुने कार्यक्रम तय भएको छ ।

यादव शनिबार मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा जनता समाजवादी पार्टी, नेपालका नेता यादवलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

मधेश प्रदेशसभामा जसपाका २७ सदस्य छन् । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।

मधेश प्रदेशमा सरकारलाई बहुमत पुर्‍याउन तीन दलबीच सहकार्य आवश्यक देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button