तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री शाहसँग जेन्जी उमेर समूहका सांसदहरुको छलफल सुरु

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह र प्रतिनिधिसभाका ‘जेन्जी’ (Gen-Z) उमेर समूहका सांसदहरूबीच छलफल सुरु भएको छ। 

प्रधानमन्त्री वालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरुसँग विशेष अन्तरक्रिया सुरु गर्नुभएको हो ।

बैठकमा मुख्य गरी नवीनतम प्रविधि र डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति, प्राविधिक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा, एवम् वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयमा गहन छलफल हुने प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले सामाजिक संजालमार्फत् जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button