नवीन सोचका साथ आत्मनिर्भर बन्न जेन्जी सांसदलाई प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरूलाई आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न आग्रह गर्नुभएको छ।
सिंहदरबारमा आज जेन्जी उमेर समूहका सांसदहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री शाहले स्थलगत अध्ययन र अनुसन्धान गर्न, सूचना प्रविधिको उच्चतम प्रयोग गर्न तथा समस्या समाधानमुखी सोच अपनाउन सुझाव दिनुभयो।
उहाँले पुराना र अव्यवहारिक सोच त्याग्दै राजनीतिलाई पेशा नबनाउन र आम्दानीको छुट्टै व्यवसायिक आधार तयार गर्न पनि आग्रह गर्नुभयो।
अन्तरक्रियामा सहभागी सांसदहरूले प्रधानमन्त्रीको सुझावलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिँदै स्वदेशमै अवसर सिर्जना गर्न प्रतिबद्ध रहेको बताएका छन्।









प्रतिक्रिया राख्नुहोस्