तपाईँ सुन्दै हुनुहुन्छः

भोटेकोशी बाढी पीडितका लागि पाल्पाका कैदीबन्दीको सहयोग

पाल्पा। पाल्पा कारागारका पुरुष तथा महिला कैदीबन्दीहरूले भोटेकोशीका बाढीपीडितका लागि आर्थिक सहयोग उपलब्ध गराउनुभएकाे छ।

कारागार सहयोगी हरिबहादुर आले मार्फत त्रियासी हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । कारागार प्रशासक भगवान्भक्त अर्यालका अनुसार, कैदी बन्दीहरूले कारागार भित्र विभिन्न सीप मूलक काम गरि जम्मा पारेको रकम उद्धार कोषमा हस्तान्तरण गरेका हुन् । 

कारागार प्रशासनले उनीहरूको यो योगदानको कदर गरेको प्रशासक अर्यालले बताउनुभयो । बाढी पीडितहरूलाई सानो भएपनि सहयोग होस भन्ने उद्देश्य र मानवीय संवेदनाका हिसाबले सहयोग गरिएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button