नापी सर्वेक्षक १ लाख घुस रकम सहित पक्राउ

महोत्तरी । महोत्तरीको बर्दिबास नापी कार्यालयका सर्वेक्षक सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासको टोलीले मङ्गलवार सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नापी सर्वेक्षकलाई रंगेहात पक्राउ गरेको हो।
पक्राउ पर्ने सर्वेक्षक सिरहा घर भएका र हाल नापी कार्यालय बर्दिबासमा कार्यरत रहेको बताइएको छ।
अख्तियारले पक्राउ परेका सर्वेक्षकलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा राखेको जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।








प्रतिक्रिया राख्नुहोस्