स्याङ्जामा ट्र्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–९ गाइश्वारामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
आज साँझ करिब ६ः५० बजे हुवासबाट वालिङतर्फ आउँदै गरेको ग१त ५७६९ नम्बरको ट्र्याक्टर सडकको बायाँ किनारमा पल्टिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका पाँचै जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको थियो । उपचारकै क्रममा वालिङ नगरपालिका–१० निवासी ६१ वर्षीय नन्दलाल बुढामगर र पर्वत घर भई हाल वालिङ–१० बस्दै आएका ४३ वर्षीय प्रेम राना मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
दुर्घटनामा ट्र्याक्टर चालक दाङको शान्तिनगर गाउँपालिका–१ निवासी ३७ वर्षीय धनवीर पुन मगर, वालिङ–१० का २० वर्षीय सुलभ परियार र ४६ वर्षीय झकबहादुर थापा घाइते हुनुभएको छ । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्