हाँगा खसेर लाग्दा एक जनाको मृत्यु
सर्लाही । सर्लाहीमा पिपलको रुखमुनि छहारी बसेको समयमा हाँगा भाच्चिएर लाग्दा १ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएकी छन् ।
ब्रम्हपुरी गाउँपालिका ६ नोकैल्वा स्थित भित्री सडक खण्डमा पिपलको हाँगा भाचिएर टाउकोमा लाग्दा सोही ठाउँकी ४५ वर्षिया कैलासिय देबीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भिर घाईते भएकी प्रमिला देवीको सदरमुकाम मलंगवामा सामान्य उपचार पश्चात थप उपचारको लागी बिरगंज पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मदन कुवँरले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्