तपाईँ सुन्दै हुनुहुन्छः

नदी किनारका क्षेत्रमा पुनःस्थापनाको काम दीर्घकालीन सोचका साथ गर्नुपर्छ : मुख्यमन्त्री थापा मगर

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोटेकोशी र त्रिशूली नदी किनारका क्षेत्रमा पुनः थापनाको काम दीर्घकालीन सोचका साथ अघि बढाउनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस सोसाइटीले आज सुर्यविनायकमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री थापाले उक्त क्षेत्र अझै जोखिमपूर्ण रहेकाले नदीको दायाँ–बायाँ क्षेत्रमा पुनः बस्ती बसाल्न नहुने बताउनुभयो ।

प्रभावितका लागि स्थानीय तहहरूले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको बताउँदै उहाँले बस्ती पुनःस्थापना गर्न  नुवाकोटका लागि विदुर नगरपालिकामा तयारी भइरहेको र रसुवाका लागि जग्गाको खोजी  भइरहेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री थापाले आफू मुख्यमन्त्री बने लगत्तैपछि बाढी तथा विपद् प्रभावित नागरिकका लागि स्थायी आवास निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले तत्कालीन राहतसँगै प्रभावित नागरिकलाई दीर्घकालीन रूपमा सुरक्षित स्थानमा पुनर्स्थापना गर्न प्रदेश सरकार केन्द्रित रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button