तपाईँ सुन्दै हुनुहुन्छः

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

भक्तपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गत बर्ष जेन जी आन्दोलनका क्रममा आगजनी गरिएको  भक्तपुरको बालकोटस्थित निवासको अवलोकन गर्नुभएको छ ।

अवलोकनका क्रममा अध्यक्ष ओलीले आगजनीबाट भएको क्षति तथा त्यसपछिको अवस्थाबारे जानकारी लिनुभयो ।

अवलोकन पछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनाले देशमा ठुलो क्षति भएको उल्लेख गर्नुभयो ।

त्यस क्रममा ओली पत्नी राधिका शाक्यद्वारा लिखित स्मृतिमा बालकोट घर–सपनाको भग्नावशेष स्मृति पुस्तिका सार्वजनिक गरिएको थियो ।

बालकोट स्थित निवास आगजनीपछि उहाँ हाल गुण्डुमा बस्दै आउनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button