‘नेपाललाई जलवायु परिवर्तनको उच्च जोखिमबाट जोगाउनुपर्छ’
भक्तपुर । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई जलवायु परिवर्तनको उच्च जोखिमबाट जोगाउनुपर्ने बताउनुभएको छ ।

भक्तपुरमा आज ११३ औँ बीपी जयन्तीको अवसरमा आयोजित ‘बीपी बिचार, राष्ट्रिय राजनीति र नेपाली कांग्रेस’ विषयक विचार गोष्ठीमा पूर्व प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनको जोखिम विरुद्धको अभियान नै चलाउनुपर्ने बताउनुभयो ।
देउवाले विनाशकारी भोटेकोशी बाढीका कारण नेपाललाई अपुरणीय क्षति पुगेको बताउँदै आगामी दिनमा हुन सक्ने प्राकृतिक विपद्को सामना गर्न अभियान नै थाल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा देउवाले सर्वोच्च अदालतबाट पार्टीको आधिकारिकता आफूहरूले पाउने विश्वास व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्