तपाईँ सुन्दै हुनुहुन्छः

गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला । कालीकोटको गगनेखोलामा आज साँझा गएको पहिरोका कारण कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । 

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले अविरल वर्षापछि गगनेखोलामा पहिरो जाँदा सडक पूर्णरूपमा अवरुद्ध भएको जानकारी दिनुभयो ।

आवागमन नियमित सञ्चालन गराउनका लागि सडक डिभिजन कार्यालयबाट उपकरण तथा प्राविधिक टोलीसहित पहिरो खसेको ठाउँमा पुगिसकेका उहाँले बताउनुभयो । अवरुद्ध सडकलाई खुलाउनका लागि निरन्तर प्रयास भइरहेको प्रमुख महताराले उल्लेख गर्नुभयो ।

पहिरोका कारण गगनेखोलामा करिब सात मिटरसम्म सडक भासिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । 

कार्यालयले वर्षायाममा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रातिको समयमा यात्रा नगर्न सबैलाई सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button