भोटेकोशी बाढीका घाइतेका लागि नेपालगञ्जमा रक्तदान
नेपालगञ्ज । रसुवाको भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट घाइते भएकाहरूको उपचारका क्रममा आवश्यक पर्ने रगतको व्यवस्थापनका लागि नेपालगञ्जमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेपालगञ्जको सेतु विक चोकमा आयोजित रक्तदान कार्यक्रममा स्वयंसेवी महिला तथा पुरुष गरी २६ जनाले रक्तदान गरेका छन् ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरामा सञ्चालित रक्तसञ्चार इकाई केन्द्रका प्रमुख होमराज गिरीका अनुसार रक्तदान गर्नेहरूमा केशव भुषाल, प्रवीण सिंह चौधरी, कृष्ण चौधरी, मोनिष थारू, नरेश साहू, पवन आचार्य, रामगोपाल थारू, नारायण थारू, सुदीप थारू, प्रमोदकुमार थारू, देवबहादुर बुढाथोकी, राकेश थारू, रोशन थारू, गणेश थारू, बन्दना मल्ल, मुकुन्द पाण्डे, गोपाल श्रेष्ठ, टोपेन्द्र विक, रोहित परियार, सुमन श्रेष्ठ, सगुन श्रेष्ठ, विजयकुमार बुढा, अरुण थापा, जितेन्द्र चौधरी र विकास थापा रहनुभएको छ ।
रक्तदान कार्यक्रममा प्रादेशिक रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, वरिष्ठ प्राविधिक सोमप्रकाश सापकोटा, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरामा सञ्चालित रक्तसञ्चार इकाई केन्द्रका प्रमुख होमराज गिरी र वीरेन्द्र योगीले प्राविधिक सहयोग गर्नुभएको थियो ।
बाढीबाट प्रभावित तथा घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन आयोजित उक्त रक्तदान कार्यक्रमले मानवीय सहयोग र स्वयंसेवी रक्तदानको महत्वलाई समेत उजागर गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्