तपाईँ सुन्दै हुनुहुन्छः

भोटेकोशी नदीमा आएको बाढीपछि लुम्बिनी प्रदेशका १७८ जना सम्पर्कविहीन

नेपालगञ्ज। भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका १७८ जना सम्पर्कविहीन भएका छन् । बाढीका कारण सबैभन्दा बढी रुपन्देहीका ४१ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ ।

दाङमा ३५, बाँकेमा २१, रुकुम पूर्वमा १५, रोल्पामा १४, प्युठानमा ९, पाल्पामा ९ र अर्घाखाँचीमा ९ जना सम्पर्कविहीन रहेको लुम्बिनी प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रका नवराज रेग्मीले जानकारी दिनुभयो । त्यस्तै बर्दियामा ८, गुल्मीमा ७, नवलपरासी पश्चिममा ६ र कपिलवस्तुमा ४ जना सम्पर्कविहीन रेग्मीले बताउनुभयो । हराइरहेका मध्ये दाङका २ जना सम्पर्कमा आएको जनाइएको छ ।

बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले आवश्यक पहल गरिरहेको छ । बाढी प्रभावित क्षेत्रमा जनधनको क्षतिको विवरण सङ्कलन गर्ने तथा उद्धार र राहत कार्यलाई तीव्रता दिने काम भइरहेको छ ।

सम्पर्कविहीनको संख्या थप बढ्न सक्ने भएकाले सम्बन्धित निकायले घटनाको विवरण अद्यावधिक गरिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button