तपाईँ सुन्दै हुनुहुन्छः

कोशी बाढी : कर्णाली प्रदेशका १९७ जनाको अवस्था अज्ञात

कर्णाली । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा प्रभावित क्षेत्रमा रहेका कर्णाली प्रदेशका १९७ जनाको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ ।

अकल्पनीय एवं विनाशकारी बाढीका कारण सबैभन्दा बढी जुम्लाका ८२, सल्यानका ५५, सुर्खेतका १७,  रुकुम पश्चिमका नौ, मुगुका ११, हुम्लाका सात, जाजरकोटका तीन, दैलेखका पाँच, कालीकोटका छ र डोल्पाका दुई गरी १९७ जनाको अवस्था अज्ञात रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । 

उहाँका अनुसार कर्णाली प्रदेशअन्तर्गत १० जिल्लाका १६३ पुरुष, २७ महिला, चार बालक र तीन बालिका गरी कुल १९७ जनाको अवस्था अज्ञात रहेको हो ।   

यसैबीच, बाढीपछि ६४ पुरुष, पाँच महिला र एक बालक गरी ७० जना सम्पर्कमा आएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button