तपाईँ सुन्दै हुनुहुन्छः

बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ ऋतिक शाहीलाई

नेपालगन्ज । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा प्रदान गरिने बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ युवा अभियन्ता ऋतिक शाहीलाई प्रदान गरिएको छ ।

बास नेपाल र ब्राइटल्याण्ड स्कुल नेपालगन्जको संयुक्त आयोजनामा बुधबार नेपालगन्जमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सुशिला बादी नेपालीले शाहीलाई सम्मानपत्र, ट्रफी र रु. १५ हजार नगदसहित पुरस्कार प्रदान गर्नुभयो ।

बालमैत्री स्थानीय शासन, बाल अधिकार, युवा अभियान, मानवीय तथा सामाजिक सेवामा शाहीले पुर्‍याएको सिर्जनशील र नवीन योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले बताउनुभयो । पुरस्कारका लागि युवाका क्षेत्रमा सक्रियता, रचनात्मकता, सामाजिक योगदान, सङ्घर्षपछिको सफलता र प्रेरक व्यक्तित्व लगायतका सूचकलाई आधार बनाइएको थियो ।

पुरस्कार ग्रहण गर्दै शाहीले सम्मानले आफूलाई थप जिम्मेवार बनाएको बताउँदै आगामी दिनमा पनि युवाको क्षेत्रमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि नेपालीले युवा पुरस्कारले युवामा उत्साह र प्रेरणा थप्ने बताउँदै यस्ता सम्मानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button