रोल्पा पहिरोमा मृत्यु भएका १० जनाकै पहिचान खुल्यो (अपडेट)
रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ उवामा गएको पहिरोमा परी मृत्यु भएका १० जनाकै पहिचान खुलेको छ।
गाउँमै पुरिएका तथा लेदोसहितको भेलले बगाएर प्युठानको माडी खोलाका विभिन्न स्थानमा फेला परेका शवको समेत पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी कृष्ण श्रेष्ठले जानकारी दिनुभयो।
प्युठानमा फेला परेका शवमध्ये थबाङ–५ की अन्दाजी ३८ वर्षीया जुनकुमारी पुन मगर, अन्दाजी पाँच वर्षीय अशोक पुन मगर, अन्दाजी ८० वर्षीय बलबहादुर पुन मगर, अन्दाजी ६६ वर्षीया मनि पुन मगर र अन्दाजी ३४ वर्षीय महेन्द्र घर्तीको पहिचान भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पहिरोमा परी हालसम्म १० जनाको मृत्यु, दुई जना घाइते र तीन जना बेपत्ता छन्।
घटनास्थलमा बिहानैदेखि खटिनुभएका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीको कमान्डमा परिचालित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलसहितको सुरक्षा टोली अहिले सदरमुकाम लिबाङ फर्किएको छ।








प्रतिक्रिया राख्नुहोस्