तपाईँ सुन्दै हुनुहुन्छः

आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ राष्ट्रियसभामा पेश

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले प्रस्तुत गर्नुभएको सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस् प्रस्ताव स्वीकृत गरेको छ ।

बैठकमा सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयकमाथि संशोधन राख्न गराउन चाहने सांसदहरुले संघीय संसद् सचिवालयमा संशोधन दर्ता गराउन सक्ने जानकारी गराउनुभयो । 

यस्तै बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेलले आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ पेस गर्नुभयो । 

यसैगरी राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले नेपाल विशेष सेवा ऐन, २०४१ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नुभयो । 

राष्ट्रिय सभाको अर्को बैठक भोली दिउसो १ बजेर १५ मिनेटमा बस्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button