ग्याँसको अभाव खेप्नुपरिरहेको विषयमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरुले देशभरी जनताले खाना पकाउने ग्याँसको अभाव खेप्नु परिरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जवाफ माग गर्नुभएको छ ।

सभाको आज बसेको बैठकमा सांसदहरुले घण्टौँ लाइन बस्दा समेत ग्याँसको नपाएर भोकै बस्नुपर्ने अवस्था आएको भन्दै नागरिक कहिलेसम्म भोको बस्नुपर्ने हो भनी प्रश्न गर्दै समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले सरकारले ग्याँसको समस्या छैन भन्ने गरेको तर जनताले घण्टौँ लाइन बस्दा समेत ग्याँस नपाउने अवस्था रहेको भन्दै समस्या समाधानका लागि सरकारलाई रुलिङ गर्न अध्यक्ष नारायणप्रसाद दाहाल समक्ष माग गर्नुभयो ।
सांसदहरुले सरकार कोठा खाली छ भन्दै दलित समुदायका केही मानिसहरू माइतीघरमा धर्ना बसिरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै समस्या समाधान गर्न माग गर्नुभयो ।
सांसदहरुले सुनसरीको देवानगञ्जमा भएको घटना गम्भीर रहेको भन्दै न्यायिक समितिमार्फत घटनाका विषयमा निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न र कुनै पनि जाती वा धर्मका नाममा हिंसा हुन नदिने गरी समस्या समाधान गर्न माग गर्नुभयो ।
सांसदहरुले सिरहाको गोल बजारमा आगजनीका कारण ठूलो आर्थिक क्षति भएको र नागरिकको जलेको घरको क्षतिपूर्ति दिन तथा नागरिकको आस्थाको धरोहर माथिको आक्रमण नदोहोरिने ग्यारेन्टी गर्न माग गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्