तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशमा ९५ हजार सवारीसाधन कारबाहीमा

सुनसरी। आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्ने ९५ हजार ७७ वटा सवारीसाधन कारबाहीमा परेका छन्।

कारबाही परेका सवारीसाधनबाट कुल रु. ९ करोड ४१ लाख ७२ हजार ८२४ राजस्व सङ्कलन भएको छ। झापाबाट रु दुई करोड ३९ लाख ९६ हजार ५३८ मोरङबाट रु एक करोड ८५ लाख ८६ हजार ५७, सुनसरीबाट रु एक करोड २६ लाख १९ हजार, उदयपुरबाट रु ६२ लाख ७५ हजार र इलामबाट रु ४८ लाख छ हजार तीन जम्मा भएको हो । 

त्यसैगरी, धनकुटाबाट रु ६३ लाख आठ हजार एक, ओखलढुङ्गाबाट रु ३७ लाख २८ हजार २०३,  पाँचथरबाट रु ३१ लाख ४९ हजार, खोटाङबाट रु २२ लाख ४८ हजार, भोजपुरबाट रु १५ लाख ५००, तेह्रथुमबाट रु १३ लाख ५७ हजार, सोलुखुम्बुबाट रु १४ लाख ७५ हजार, सङ्खुवासभाबाट रु १० लाख ४३ हजार र ताप्लेजुङबाट रु आठ लाख सात हजार ५०० राजस्व सङ्कलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button