वरिष्ठ साहित्यकार डा. विमलको शोकमा जनकपुरधामका विद्यालयहरू बन्द
जनकपुरधाम। वरिष्ठ साहित्यकार एवं भाषाविद् डा. राजेन्द्रप्रसाद विमलको निधनको शोकमा जनकपुरधाम उपमहानगरपालिकाका सम्पूर्ण शैक्षिक संस्थाहरू आज बन्द रहेका छन्।

जनकपुरधाम उपमहानगरपालिकाले शोक बिदा दिने निर्णय गरेअनुसार नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द रहेका हुन्।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले हिजो शोक सन्देश जारी गर्दै वरिष्ठ साहित्यकार, शिक्षाविद् तथा पूर्वप्राध्यापक स्वर्गीय डा. विमलको सम्मानमा एक दिन सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न आह्वान गर्नुभएको थियो।
वरिष्ठ साहित्यकार डा. विमलको हिजो बिहान उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा ७९ वर्षको उमेरमा निधन भएको थियो। नेपाल सरकारले डा. विमलको अन्त्येष्टिमा राष्ट्रिय सम्मान प्रकट गर्ने निर्णय गरेअनुसार प्रहरीको टुकडीले उहाँलाई सलामी अर्पण गरेको थियो।
नेपाली, मैथिली, हिन्दी तथा अङ्ग्रेजी भाषा र साहित्यका प्रकाण्ड विद्वान डा. विमलको निधनले यस क्षेत्रले मात्र नभई समग्र देशले नै एक दिग्गज साहित्यकार गुमाएको छ।








प्रतिक्रिया राख्नुहोस्