मोटरसाइकलले साइकललाई ठक्कर दिँदा बालकको मृत्यु
बारा । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२३ स्थित भलुही चौकमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा १२ वर्षीय बालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गए राति प्रदेश २–०३–००२ प १११९ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा साइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका–३२ निवासी ३२ वर्षीय राजेश महतो र साइकलमा पछाडि सवार उनका १२ वर्षीय छोरा कनाई महतो घाइते भएका थिए । दुर्घटनापछि घाइते दुवैलाई उपचारका लागि परवानीपुरस्थित एल.एस. न्युरो अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा राति कनाई महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते राजेश महतोको सोही अस्पतालमा उपचार भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्