तपाईँ सुन्दै हुनुहुन्छः

राइट टु हेल्थका आधारमा स्वास्थ्यमा पहुँचको व्यवस्था हुँदै छ : मन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पहुँचका आधारमा नभई राइट टु हेल्थका आधारमा स्वास्थ्य सेवासम्म पहुँचको व्यवस्था गर्न सरकारले काम गरिरहेको बताउनुभएको छ । 

प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले विभिन्न समयमा उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले व्यक्तिगत पहुँचका आधारमा हुने उपचारलाई निरुत्साहित गर्न सरकारले डिजिटल तथा नीतिगत प्रणाली लागु गरेको बताउनुभयो । 

मन्त्री मेहताले हाल १२ सय ६९ भाइल सर्पदंश उपचारका लागि प्रयोग हुने एन्टी स्नेक भेनम मौज्दात रहेको जानकारी गराउनुभयो । 

उहाँले हाल केन्द्रीय स्टोरमा एक सय ३८, प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रमा चार सय ४४, स्वास्थ्य कार्यालयहरूमा २ सय २२ र सर्पदंश उपचार केन्द्रहरूमा ४ सय ६५ गरी जम्मा १२ सय ६९ भाइल सर्पदंश उपचारका लागि प्रयोग हुने एन्टी स्नेक भेनम मौज्दात रहेको बताउनुभयो ।

स्वास्थ्य मन्त्री मेहताले स्वास्थ्य बिमा प्रभावकारी बनाउन अनुगमनमा जोड दिएको बताउँदै विपन्न नागरिकहरूका लागि सघन उपचारमा पहुँच बढाउन बिरामीको चाप बढी भएको अस्पतालहरूमा थप आइसियु र बेड विस्तार गर्नेगरी कार्यक्रम अगाडी बढाइएको बताउनुभयो । 

उहाँले विपन्न नागरिकहरूका लागि औषधी उपचार कार्यक्रम अन्तर्गत सूचिकृत १ सय २३ वटा अस्पतालहरूबाट नियमित हेमोडालाइलासिस सेवा प्रवाह भइरहेको र डाइलासिस सेवालाई प्रभावकारी बनाउन बिरामीको चापको आधारमा थप डालाइलासिस मेसिन उपलब्ध गराउने तथा थप स्वास्थ्य संस्था सूचीकृत गर्ने काम अगाडी बढाइने पनि बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button