तपाईँ सुन्दै हुनुहुन्छः

खोलाले बगाउँदा ज्येष्ठ नागरिकको मृत्यु

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ फुलिबन नजिक रहेको बाच्छेम खोलाले बगाउँदा एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्किने क्रममा बुधबार साँझ करिब ५ बजेतिर खोलाले बगाउँदा सुनछहरी गाउँपालिका–१ घुसबाङ निवासी अन्दाजी ७४ वर्षीय मसान घर्ती मगरको घटनास्थलमै मृत्यु प्रहरीले जनाएको छ ।

घटनामा अन्दाजी ७३ वर्षीय जौखे घर्ती मगर गम्भीर घाइते भएको र फुलिबन स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर पठाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button