तपाईँ सुन्दै हुनुहुन्छः

ग्यास अभावप्रति सरकारलाई सांसदहरूको ध्यानाकर्षण

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थापन गर्न मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।

????????, ?? ????? ?????? ??? ??????? ? ???? ??? ???????? ??? ??????? ????????? ??????????? ????? ?????? ????????? ? ??????? ???? ???????÷????

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज सिंहदरबारमा बसेको बैठकमा उद्योग मन्त्री कुमारीले उपभोक्ताको हितलाई केन्द्रमा राखेर अभावमा परेका नागरिकलाई प्राथमिकताका साथ ग्यास उपलब्ध गराउन मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।

बैठकमा सांसदहरूले ग्यास अभाव बारम्बार दोहोरिनुमा संस्थागत र प्रणालीगत कमजोरी भएको बताउँदै एलपी ग्यास वितरण, माग र आपूर्तिबीचको असन्तुलनको कारण पहिचान गर्न ग्यास सिलिन्डर ट्र्याकिङ प्रणाली लागू गर्नुपर्ने बताउनुभयो । ।

????????, ?? ????? ?????? ??? ??????? ? ???? ??? ???????? ??? ??????? ????????? ??????????? ????? ?????? ??????? ??????? ?????? ???? ??????? ? ??????? ???? ???????÷????

सांसदहरूले आवश्यकताभन्दा बढी एलपी ग्यास आयात हुँदा पनि बजारमा अभाव देखिनु व्यवस्थापनको कमजोरी भएकाले जनतालाई ग्यासको मूल्यवृद्धिको मारमा पर्न नदिन सम्बन्धित निकाय जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै सांसदहरूले तत्काल ग्यास वितरण प्रणाली प्रभावकारी बनाउन पेट्रोलियम पदार्थको नियमनका लागि नीतिगत सुधार गर्न आवश्यक रहेको पनि औँल्याउनुभयो ।

बैठकमा सरोकारवालाहरुले एलपी ग्यास अभावको समस्या समाधान गर्न एलपी ग्यासको पाइपलाइन विस्तारको सम्भाव्यता अध्ययन आवश्यक रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button