मोटरसाइकल नीलगाईसँग ठोक्किँदा एक जनाको मृत्यु
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ काँरेभोगटेस्थित बिपी राजमार्गमा शनिबार मोटरसाइकल नीलगाईसँग ठोक्किँदा जनकपुरधाम उपमहानगरपालिका–१ का ३२ वर्षीय मोटरसाइकल चालक विनय कुमार साहको बर्दिबासस्थित जनसेवा अस्पतालमा सोमबार उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार बर्दिबासबाट भिमानतर्फ जाँदै गरेको मधेस प्रदेश ०२–००७ प १९०९ नम्बरको मोटरसाइकलले काँरेभोगटेको जङ्गली क्षेत्र सडकमा नीलगाईलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
मोटरसाइकलमा पछाडि सवार धनुषाको हंसपुर नगरपालिका–३ का ४० वर्षीय रवीन्द्र साहको दाहिने खुट्टा भाँचिएको र स्वास्थ्य अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी प्रवक्ता गुरुप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्