तपाईँ सुन्दै हुनुहुन्छः

‘अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल भारत सम्बन्धका अविच्छिन्न अङ्ग’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले पारस्परिक सम्मान अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल भारत सम्बन्धका अविच्छिन्न अङ्ग भएको बताउनुभएको छ ।

दुई दिने भारत भ्रमणका क्रममा आज नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले दुई देशबिचको भेटघाटमा दूरगामी छलफल भएको भन्दै नेपाल भारत सहकार्यका विविध क्षेत्रका साझेदारी र शिलान्यास गरेको बताउनुभयो ।

प्रधानमन्त्री शाहले उक्त समझदारी र अघि बढाएका परियोजनाको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपर्ने, युवाको हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री शाहले विद्यार्थीका सपना नयाँ सम्भावना उद्यमीले बजार र लगानी विस्तार गर्न सक्नुपर्ने भन्नुहुँदै उक्त समझदारीले नेपाल भारतको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button