खानी क्षेत्रको पहिचान र स्वामित्वबारे स्पष्ट धारणा तयार गर्नुपर्नेमा जोड
काठमाडौँ । खानी तथा खनिज पदार्थ उत्खननको विषयलाई तीनै तहबाट काम गर्ने गरी अगाडी बढाउनुपर्नेमा विज्ञहरुले जोड दिनुभएको छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि आज भएको छलफलमा विज्ञहरुले खानी क्षेत्रको पहिचान र यसको स्वामित्वका विषयमा पनि स्पष्ट धारणा तयार गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
विज्ञहरुले खानी तथा खनिज क्षेत्रलाई अनुमति वितरण र नियन्त्रणमा मात्रै नराखी वैज्ञानिक अनुसन्धानात्मक, स्वतन्त्र प्राविधिक मूल्याङ्कन, संस्थागत सहकार्य, पारदर्शी नियमन र लगानीमैत्री वातावरणमा आधारित प्रणालीको विकास गर्नुपर्ने बताउनुभयो ।
विज्ञहरुले खानीजन्य उद्योगको परिभाषा स्पष्ट गर्नुपर्ने, यसमा रहेका प्रक्रियागत झन्झटिला पक्षलाई हटाउने गरी कानुन बनाउनुपर्ने, औचित्यका आधारमा सार्वजनिक स्थानबाट समेत खनिज पदार्थ उत्खनन गर्ने व्यवस्था गर्नुपर्ने, लगानी कर्तालाई सम्मान गर्नुपर्ने तथा दैनिक उत्पादन मात्रै नहेरी लगानीलाई समेत हेर्ने कुरामा ध्यान दिन सांसदहरूलाई आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्