तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसले मधेश घटनाबारे न्यायिक छानबिन समिति गठनको माग गर्दै संसद्मा दबाब दिने 

काठमाडौँ । नेपाली काँग्रेसले हालै मधेश प्रदेशका विभिन्न जिल्लामा भएको घटना सम्बन्धमा सरकारले बनाएको छानविन समिति कर्मकाण्डी भएको भन्दै स्वीकार नगर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित आज बसेको नेपाली काँग्रेस संसदीय दलको बैठकले हालै मधेश प्रदेशका विभिन्न जिल्लामा घटेको घटनाको स्वतन्त्र र निष्पक्ष छानविन हुनुपर्ने भन्दै न्यायिक समिति गठन गर्न अडानसहित संसद्मा दवाव दिने निर्णय भएको पार्टी महामन्त्री प्रदिप पौडेलले जानकारी दिनुभयो ।

महामन्त्री पौडेलले घटनाको स्वतन्त्र निष्पक्ष छानविन समिति गठनका लागि अन्य विपक्षी दलहरूसँग समेत सहकार्य गर्ने निर्णय भएको बताउनुभयो ।

यस्तै बैठकले नागरिकका आवाज तथा मुद्दाहरूलाई प्रभावकारी रुपमा सदनमा उठाउन जिल्लास्थित सांसदहरूलाई नागरिकसँगको समन्वयको जिम्मेवारी दिइएको र सांसदहरूको प्रभावकारिता बढाउन अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको पनि महामन्त्री पौडेलले जानकारी दिनुभयो ।

महामन्त्री पौडेलले सांसदहरुले स्वकीय सचिव राख्न निश्चित मापदण्ड बनाएर मात्र राख्न पाउने प्रस्ताव गर्ने लगायतका समसामयिक विषयमा छलफल तथा निर्णय भएको जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button