धानको ब्याड सुक्न थालेपछि किसान अन्यौलमा
झापा । झापामा धानको ब्याड नै सुक्न थालेपछि किसान यतिबेला अन्यौलमा परेका छन् ।
रोप्न तयारी अवस्थामा पुगेको मंसिरे धानको बिउ ब्याडमै मर्न थालेको हो । दमक १० का किसान भिरेन्द्र न्यौपानेले जसोतसो खोजेर बिउ राखेको तर त्यो पनि मर्न थाल्यो भन्दै चिन्ता व्यक्त गर्नु भयो ।
ब्याडमै बिउ मर्न थालेपछि त्यही बिउ रोप्ने या फेरि अर्काे ब्याड बनाउने दोधारमा किसानहरु परेका छन् ।
सुरुमा पातमा रातो टीका जस्तो देखिने र त्यसपछि त्यो बढदै गएपछि पूरै ब्याडको बिउ मर्ने गरेको छ । धानको बिउमा यस्तो लक्षण देखिएको एक साताभित्र पूरै ब्याडमै संक्रमण फैलिएर बिउ मर्ने गरेको किसानहरुले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्