झापाको बिर्तामोडमा शान्ति र्याली निकालियो

झापा । सुनसरी देवानगञ्जको घटनाका कारण सामाजिक सद्भाव बिग्रिन नदिन आज झापाको बिर्तामोडमा शान्ति सद्भाव र्याली निकालिएको छ ।
मध्यान्ह १२ बजेदेखि विर्तामोड ५ स्थित शनिश्चरे स्टेन्डबाट शंकराचार्य पीठ साधुटारका आचार्य पण्डित लक्ष्मीप्रसाद खतिवडाको नेतृत्वमा शान्ति र्याली निकालिएको हो ।
र्यालीमा गोलोक गोवद्र्धन गौशाला सताक्षीधामका अध्यक्ष आचार्य नन्दकिशोर भारद्वाजलगायत हिन्दू धर्मावलम्बीहरूको सहभागिता थियो ।
विश्व शान्तिको कामना गर्दै निकालिएको शान्तिपूर्ण र्यालीले विर्तामोड बजार परिक्रमा गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्