कपिलवस्तुमा ट्रकको ठक्करबाट एक बालकसहित तीन जनाको मृत्यु
कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवा चोकमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एक बालकसहित तीन जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बिहान करिब ७ः३० बजे बहादुरगञ्जबाट तौलिहवातर्फ जाँदै गरेको ना २ ख २३६४ नम्बरको ट्रकले लु १३ प ६४३९ नम्बरको मोटरसाइकल, एक पैदलयात्री र एक साइकलयात्रीलाई ठक्कर दिएको थियो।
दुर्घटनामा स्थानीय १२ वर्षीय आनन्द कश्यप, महाराजगञ्ज नगरपालिका–३ का ७५ वर्षीय भोल्लर कुर्मी र ४५ वर्षीय विजयकुमार गुप्ताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक तीनै जनाको शव पोस्टमार्टमका लागि कपिलवस्तु जिल्ला अस्पतालमा राखिएको छ।
दुर्घटनापछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्