तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी १५६ जनालाई ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीका लागि इजरायल पठाउन सन् २०२४ मा लिइएको परीक्षामा सम्मिलितमध्ये छनोटमा नपरेका उनीहरूबाट दुई करोड ५० लाख ठगी गरेको आरोपमा रामेछापका भरत चौलागाईँ र दोलखाकी बालिका सिवाकोटी पक्राउ परेका हुन् ।

उनीहरूले इजरायल पठाइदिने भन्दै जनही रु छ लाख २० हजार ठगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराले जानकारी दिनुभयो ।

उनीहरुविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को ठगीसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button