तपाईँ सुन्दै हुनुहुन्छः

नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै आज राति ८ बजेदेखि बुधबार बिहान ५ बजेसम्मका लागि सडकमा सबै किसिमका सवारीसाधनहरू सञ्चालनमा रोक लगाइएको हो ।

सूचनामा नारायणगढ–मुग्लिन सडकअन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो गई सडक अवरुद्ध भएको र सुक्खा पहिरो खस्ने क्रम निरन्तर रहेकाले रातिको समयमा सवारी गुड्न दिँदा हुन सक्ने मानवीय जोखिमलाई मध्यनजर राखेर राति सवारी आवागमन बन्द गर्ने निर्णय भएको जनाइएको छ ।

सो सडकमा आज दिउँसो तीन पटक पहिरो पन्छाएर सवारी आवागमन सञ्चालन गरिएको थियो । सो ठाउँमा पहिलो पटक पहिरो झरेको हो । मुग्लिनबाट सात सय मिटर नारायणगढतर्फ खहरे पुलमा ४० मिटर माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो निरन्तर खसिरहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button