बैतडीमा ३ हजार ४ सय बढि ब्यक्ति क्वारेन्टाइनमा
बैतडी । बैतडीमा भारतबाट फर्केका ३ हजार ४ सय बढि ब्यक्ति क्वारेन्टाइनमा बसिरहेका छन् । जिल्लाका सबै स्थानीय तहमा गरेर ३ हजार ४ सय ७२ जना क्वारेन्टाइनमा बसिरहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
जसमा सबैभन्दा बढी सिगास गाउँपालिकामा ५ सय ४३ जना क्वारेन्टाइनमा बसेको बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवन जोशीले बताउनुभयो । यस्तै पुर्चौडी नगरपालिकामा ४ सय ४७, पञ्चेश्वरमा ४सय १७, दोगडाकेदारमा ३ सय ५९, पाटन नगरपालिकामा ३ सय ४९, दशरथचन्द नगरपालिकामा ३ सय ४२, मेलौलीमा ३ सय १६, शिवनाथमा २ सय ५२, डिलाशैनीमा २३० र सुरनयामा २ सय १७ जना क्वारेन्टाइनमा बसिरहेका सम्बनधीत स्थानिय तहले जनाएकाछन् ।
भारतबाट फर्केर १४ दिन नकटेका र आरडिटी पोजेटिभ आएर रिपोर्ट आउँन बाँकी रहेकाहरु हाल क्वारेन्टाइनमा बसिरहेका हुन् ।
परिक्षणको दायरा बढाउनुपर्ने माग
कोरोना प्रभावित भारतबाट फर्किनेको संख्या बढ्दै गएपछि बैतडीमा कोरोना परिक्षणको दायरा बढाउनुपर्ने माग उठ्न थालेको छ ।
सरकारले कोरोना परिक्षणको दायरा बढाउन नसक्दा संक्रमणको जोखिम बढेदै गएको भन्दै उक्त माग उठ्न थालेको हो । सङ्क्रमण बढी भएका मुलुकबाट आएका नागरिकको पिसिआर परीक्षण नगरेर आरडिटीकै भरपर्दा भयावह अवस्था आउनसक्ने जगन्नाथ बहुमुखी क्याम्पस बैतडीका प्रमुख पृथ्वीराज अवस्थीको भनाइ छ ।
प्रदेश सरकारले गत चैतमा बैतडी र डोटीमा पनि प्रयोगशाला समेत स्थापना गर्ने निर्णय गरेको भएपनि हालसम्म कार्यान्वयन हुन नसक्दा जोखिम बढ्दै गएको नेविसंघ बैतडीका अध्यक्ष कपिल केसीको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्