राष्ट्रियसभा बैठक : सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले हिजो त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको शून्य र आकस्मिक समयमा बोल्दै सांसदहरु पदमबहादुर परियार, नरबहादुर विष्ट, सोमनाथ पोर्तेल, तुलप्रसाद विश्वकर्मा, कृष्णबहादुर रोकाय पूजा चौधरी, रेनु चन्द, मनरुपा शर्मा लगायतले काठमाडौँ महानगर प्रहरीले पठाओ राइडर गणेश नेपालीको मोटरसाइकलको ह्विल लक गरेका कारण घटेको घटनाको यथार्थबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गर्नुभयो ।
सांसदहरुले सरकारको जथाभाबी दण्डको भारले थिचेर नेपाली नागरिकले आत्मदाह गर्न बाध्य भएको भन्दै सरकार गरिबको विपक्षीमा उभिएको आरोप लगाउनुभयो ।
बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा सभालाई जानकारी गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्